Breaking News

चितवनमा तीन महिनामा भएका १०६ सवारी दुर्घटनामा २२ जनाको मृत्यु

Banner

निरुता विक

चितवन, कात्तिक २५-

चितवनमा चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार गत साउनदेखि असोजसम्ममा भएको १०६ दुर्घटनामा २२ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १८पुरुष र चार महिला रहेका छन् । २१७ घाइते भएका छन् । कारबाहीमा पर्नेमा सिट क्षमताभन्दा बढी यात्रु राखेर चलाउने ४०७ जना, कागजपत्र साथमा नबोकेका २० हजार ३९८ जना, तीव्र गतिमा सवारी चलाउने १०१ जना, लाइसेन्स नभएका एक हजार ५१७ जना, सिट बेल्ट हेल्मेट नलगाएका ४२० जना रहेका छन् । दुर्घटनामा १०६ सवारीसाधन परेको कार्यालयको तथ्याङ्कले जनाएको छ । ती दुर्घटनामा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेको र २५ देखि ४० वर्ष उमेर समूहको धेरै भएको कार्यालयका प्रहरी सहायक हवल्दार घनश्याम चौधरीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

साउन महिनादेखि असोज महिनासम्मको तथ्थाङ्क हेर्दा चाडपर्वका कारण सवारी दुर्घटना कम भएको उहाँले बताउनुभएको छ । चाडपर्वका कारण सवारी साधन कम चलाउने भएकाले दुर्घटनामा कमी आएको उहाले बताउनुभएको हो । ट्राफिक कार्यालयका अनुसार चितवनमा गत तीन महिनामा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई गरिएको कारबाहीबाट चार लाख ६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>