तनहुँ

देशमै उद्योगधन्दा खोलेर युवालाई विदेश जान नपर्ने बनाउँछौँः रामचन्द्र पौडेल

Banner

दमौली, कात्तिक २०-

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मङ्सिर ४ गतेपछि पनि अहिलेकै गठबन्धनले निरन्तरता पाउने बताउनुभयो । “चुनावपछि पनि मिलेर गठबन्धनको सरकार बनाउँछौ, गठबन्धनले मिलेर देश विकास गर्छ”, पौडेलले भन्नुभयो, “संविधानको रक्षाका साथै विकास निर्माणमा गठबन्धन प्रतिबद्ध छ ।”

संविधानले प्रत्याभूत गरेको अधिकार रक्षाका लागि गठबन्धन बनेको बताउँदै पौडेलले गाउँगाउँमा जनताले पाएको अधिकार रक्षा गरिने दाबी गर्नुभयो । देशमा लगानी भित्र्याएर उद्योग कलकारखाना स्थापना गर्ने र युवालाई स्वदेशमै रोजगारी प्रदान गरिने पौडेलको भनाइ थियो । “उद्योगधन्दा खोलेर युवालाई विदेश जान नपर्ने बनाउँछौँ”, पौडेलले भन्नुभयो । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले यस क्षेत्रका जनताका समस्याबारे आफूहरु जानकार रहेको भन्दै समस्या समाधानमा क्रियाशील हुने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>