राजनीति

यस पटकको चुनावमा मतपेटिका साट्न दिइन्नः प्रमुख निर्वाचन आयुक्त थपलिया

Banner

काठमाडौं,कात्तिक २०-

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा मतपेटिका साटिन्छ कि भनेर आशङ्का नगर्न आग्रह गर्नुभएको छ । आज आइतवार काठमाण्डौमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको सामूहिक छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो भनाइ राख्नुभएको हो । उहाँले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहोर्‍याउँदै आउँदो चुनावमा त्यस्तो कहीँ कतै हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सेक्युरिटी कोडु को आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ थियो । उहाँले भन्नुभयो, ‘चुनावमा मटपेटिका साटिन्छ कि भनेर आशङ्का गर्नु पर्दैन । मतपेटिका साट्न दिइन्न । मतपत्रमा सेक्युरिटी कोड हुन्छ । मतपत्रको सुरक्षा गर्न नेपाली सेनाको टुकडी हुन्छ । कसैले कहीँ मतपेटिका साट्न सक्ने सम्भावना छैन । यस्तो खालको आशङ्का नराखिदिन म विनम्र अनुरोध गर्दछु । ’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आफूले चुनावमा मतपेटिका साटिन्छ भन्ने अनुभव कहिल्यै नगरेको पनि बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाइका साथ लागिपरेको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>