राजनीति
विकास र समृद्धि चाहिए मलाई भोट दिनू: उदयशमशेर राणा

काठमाडौँ, कात्तिक २०–
ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशमशेर राणाले विकास र समृद्धिका लागि आफूलाई मत दिन गर्नुभको छ । सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता राणाले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘सेलिब्रेटी चाहिए नवराज सिलवाललाई मत दिनु । तर, विकास र समृद्धि चाहिएको हो भने मलाई भोट दिनु ।’
आफ्नो प्रमुख उद्देश्य विकास रहेको र विकासमा पनि सडकसहितको पूर्वाधारमा जोड रहने बताउनु भएको उहाँले २०७४ सालको निर्वाचनपछि कति विकास भयो र त्यसअघिका विकासका पूर्वाधारको मर्मत कति भयो भन्नेबारे ख्याल गर्न मतदातालाई गर्नुभयो ।
निवर्तमान सांसद सिलवालले सडकसहितका पूर्वाधार मर्मतमा समेत चासो नदेखाएको र सेलिब्रेटी मात्र बन्न खोजेको आरोप उहाँले लगाउनुभयो ।। सेलिब्रेटी बनेर जनताको समस्या समाधान नहुने राणाको भनाइ छ । ‘कोरोना महामारीमा जनतालाई बेवास्ता गरेका सिलवाल अहिले किसानको खेतमा पुगेर सेलिब्रेटी बन्न खोजेका छन्।’ राणाले भने ।


























