राजनीति
वर्षमान आरोपः एमाले अध्यक्ष ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरे

रोल्पा, कात्तिक २०-
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले कांग्रेसलाई जिताउने जिम्मा माओवादीको भएको बताएका छन् । अहिलेको निर्वाचन प्रणालीले कुनै एक दललाई बहुमत नदिने भन्दै पाँच वर्षसम्म गठबन्धन कायम हुने र कांग्रेसलाई जिताउने बताएका हुन् ।
लोकतान्त्रिक–वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए । विगतका विचार मिल्ने वामपन्थी दलसँग चुनावी तालमेल र एकीकरण गएर गए पनि लक्ष्य अनुसार काम नभएकाले अहिले कोर्ष करेक्सन गरिएको तर्क पुनले गरे । रोल्पाका ३० वर्षमा कांग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हालतमा सहयोग नहुने बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको तथा न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनले लगाए ।


























