खेलकुद

एकादशी मेलामा भएको भलिबल प्रतियोगितामा गोलाघाट बीलाई पछि पार्दै न्यु ज्योति पहिलो

Banner

चितवन, कात्तिक–१९

भरतपुरको गोलाघाट एकादशी मेलामा भएको भलिबल प्रतियोगितामा न्यु ज्योति युवा क्लब प्रथम भएको छ ।

गोलाघाट बी युवा कलबलाई पछि पार्दै न्यु ज्योतिले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार र दोस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । गोेलघाट एकादशी मेला आयोजक समितिका अध्यक्ष भिमसेन कुमाल र प्रमुख अतिथि तथा भरतपुर–२८ का वडाध्यक्ष डण्डपाणि रिजालले विजेता क्लबलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । दुई दिनसम्म चलेको खेलमा ६ वटा समूहले भाग लिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>