काठमाडौँ
निर्वाचन आयोगले सोध्यो बालेन साह र कोमल वलीलाई २४ घण्टे स्पष्टीकरण
०

काठमाडौं,कात्तिक १९-
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेकपा (एमाले) दाङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र त्यस अभियानमा प्रमुख बालेन शाहको समेत समर्थन रहेको भन्ने जानकारी पाएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो ।
वलीलाई भने विद्यार्थीसँग भोट मागेको विषयलाई लिएर स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरुराज वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार उम्मेदवार वलीले शुक्रवार दाङको बबई गाउँपालिका १ स्थित सरस्वती जनता माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यार्थीसँग भोट मागेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























