चितवन विशेष
कुनै पनि बाहानामा चितवनको विकासबाट भाग्दिनः उत्तम जोशी

चितवन, कात्तिक १९-
चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार उत्तम जोशीले जनताको विश्वास टुट्न नदिने बताएका छन् । हिजो भरतपुर महानगरपालिका ५ मा घरदैलो अभियानका क्रममा गठबन्धनका साझा उम्मेदवार जोशीले कुनै पनि बाहानामा जनताको विश्वास टुट्न नदिने बताएका हुन् । उनले आफू बोल्न नभई काम गर्नका लागि चुनावमा होमिएको बताए ।
जोशीले आफूले इमान्दारिताका साथ बिकासको काममा खटिनेमा ढुक्क हुन आफ्ना मतदाताहरुलाई आग्रह गरे । आर्थिक चलखेलसँग जनताको विश्वास नसाट्ने उनको भनाइ थियो । मैले इमान्दारिता र निष्टा बेच्न जानेको छैन । ढुक्क हुनुहोस् जनताले मन र मतले गरेको विश्वासलाई आर्थिक चलखेलसँग सौदा गर्दिनु, जोशीले भने ।
उनले कुनै पनि बाहानाबाजी गरेर बिकास निर्माणका कामबाट आफू नभाग्ने बताए । अब बिकासमा कुनै बाहानाबाजी नचल्ने उनको तर्क थियो । देशमा धेरै राजनीतिक परिवर्तन भएको भन्दै अब जनताको मुहारमा बिकासको खुशी छर्ने उनले प्रतिवद्धता जनाए ।
अब बाहानाबाजी चल्दैन । यो वा त्यो बाहानामा बिकास निर्माणको कामबाट भाग्न मिल्दैनु, जोशीले भने । उनले गठबन्धनका सबै उम्मेदवारहरुलाई मन र मत दिएर जिताउन आग्रह पनि गरे ।


























