राजनीति
नेकपाका केन्द्रिय सदस्य वली नवलपुरबाट पक्राउ
०

नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य सरद वली पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने अभियानमा लागेको नेकपाको नेताहरुलाई प्रहरीले उच्च निगरानीमा राखेको छ ।
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सो पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेका छन् । हिजो मात्र प्रहरीले पार्टीका केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज वलीलाई पक्राउ गरेको हो ।
नवलपुरको मध्यपुर नगरपालिका वसन्तपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । विप्लव नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























