चितवन विशेष
इच्छाकामनाको विकट गाउँ पुगेर रविले भने–अभावमा बाँचेका नागरिकको आर्शिवाद पाएँ

चितवन, कात्तिक १८–
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा पर्ने इच्छकामना गाउँपालिकाको विकट बस्तिहरुमा पुगेका छन् । हात्तिबाङ, तोबाङ्ख, काउले, मैतेश, हपनी, धुर्केस, छापडाडा, मायाटार, चौतारा, दाहाखानी, लगायतका बस्तिमा पुगेर अभावमा बाँचेका नागरिकबाट आर्शिवाद लिएको लामिछानेले बताएका छन् ।
‘यहाँका मानिसहरुले के अपराध गरेका थिए र वर्षाैँसम्म यी कठिन पहाडहरुमा अभावै अभावले जीवन धान्न बाध्य हुनुपर्यो ? जनताको नाममा राजनिति गर्नेहरुसँग यो दुनियाँमा पाइने सबै सुबिधा छ तर यहाँका जनता दिनभरी हिँडेर राजमार्ग झर्नुपर्ने, बत्तिसमेत नभएर अँध्यारोमा बस्नु पर्ने, सिटामोल समेत नपाउने कहिले सम्म ? अब त अत्ति नै भयो’, उनले फेसबुकमा लेखेका छन् ।
जनताको जीवन परिर्वतन गर्दै सहर र गाउँको समान विकासका लागी बाचुन्जेल कर्म गर्ने कसम खाएको बताउँदै उनले अभावमा बाचेका जेष्ठ नागरिकहरुको आर्शिवाद लिएर मैदानमा आएको बताए । उनको पार्टी स्वतन्त्र पार्टीले हिजो मात्रै वाचा पत्र सार्वजनिक गरेको थियो ।


























