राजनीति

एमालेको चुनावी सभा दार्चुलाबाट सुरु हुँदै, चुच्चे नक्सा चुनावी एजेण्डा

Banner

काठमाडौँ, कात्तिक १८–

नेकपा (एमाले)को चुनावी आमसभा आज दार्चुलाबाट सुरु हुँदै छ । सुदूर पश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आज धनगढीबाट हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्येयका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>