राजनीति

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

Banner

कैलाली, कात्तिक १८–

जेलमा रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पाटीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अन्य राजनीतिक दलहरुले धमाधम घोषणापत्र सार्वजनिक गरिरहँदा नागरिक उन्मुक्ति पार्टीले पनि विभिन्न विषयलाई उठान गर्दै घोषणापत्र तयार गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीले ‘भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता’ आफ्नो राजनीतिक उद्देश्य रहेको उल्लेख गरेको छ । यस पार्टीले पहचिानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनबाट आफू जन्मिएको दाबी गर्दै आइरहेको छ । हालको प्रदेशको नामकरणमा उसले असन्तुष्टि समेत व्यक्त गरेको छ ।

पाँच कामको ग्यारेन्टी

घोषणापत्रमा पाँच काम गरिछाड्ने भन्दै उल्लेख समेत गरिएको छ ।

जसमा शुद्व पिउने पानी, एक पालिका एक वृद्धाश्रम, जेष्ठ नागरिकको मासिक एकपटक स्वास्थ्य जाँच, गरिब, सुकुम्बासी, मजदुरका बालबालिकालाई शतप्रतिशत शिक्षा निशुल्क र स्वरोजगारको तालिममा ग्यारेन्टी दिएको छ ।

नागरिक उन्मुक्ति पार्टीले जे गर्ने छैन‘

घोषणा पत्रमा आफ्ना जनप्रतिनिधिले जमिनको खण्डीकरण, सार्वजनिक सम्पत्तिको दोहन, ठेक्कापट्टाबाट लाभ र धार्मिक क्षेत्रमा लगानी नगर्ने उल्लेख छ ।

त्यस्तै घुस नखाने, भ्रष्टाचार नगर्ने र अनुचित कार्य नगर्ने प्रतिवद्धता समेत जनाएको छ।

महंगा विदेशी मदिरा, सुर्तिजन्य पदार्थ, पोसाक लगायतको आयतमै प्रतिबन्ध लगाउने नीति लिने उक्त पार्टीको घोषणापत्रमा उल्लेख गरिएको छ । ‘देशमा एउटै शिक्षा अध्यापन गराउनुपर्ने नीति ल्याउनुपर्दछ,’ भनिएको छ, ‘शिक्षालाई सस्तो र महँगो बनाउने वातावरण बन्द गरिनुपर्दछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>