राजनीति
चितवन ३ : गठबन्धनले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै
०

चितवन, कात्तिक १६–
चितवन क्षेत्र नं ३ मा सत्ता गठबन्धनले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । लोकतान्त्रिक–बाम गठबन्धनको सचिवालय क्षेत्र नं ३ को प्रतिबद्धता पत्र मस्यौदा समितिले तयार गरेको घोषणापत्रलाई ‘प्रतिबद्धता पत्र–२०७९’ भनिएको छ ।
भरतपुर–८ स्थित वरपिपल पार्टी प्यालेसमा दिउँसो १२ः२५ बजे घोषणापत्र सार्वजनिक गर्ने गठबन्धनको तयारी छ । चितवन ३ प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका डा भोजराज अधिकारी उमेदवार छन् भने प्रदेश सभा ३ (क)मा डा सूर्यकान्त घिमिरे र प्रदेश सभा ३ (ख)मा ठाकुर प्रसाद ढकाल उमेदवार छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























