चितवन विशेष

चितवन कांग्रेस सभापतिलाई सचिवको काउन्टर विज्ञप्ति : संस्थागत निर्णयको अवमूल्यन

Banner

चितवन, कात्तिक १६–
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्व सभापति कृष्णलाल सापकोटा र विकास कोइरालाको नाम हटाएर बाँकी पूर्व सभापतिको नाम प्रकाशित गरेपछि जिल्ला सचिव ध्रुवराज पोखरेलले काउन्टर दिने विज्ञप्ति निकालेका छन् ।

सभापति खनालले मंगलबार साँझ सापकोटा र कोइराला पार्टीको पूर्व सभापति नै नभएको आशयको विज्ञप्ति निकालेपछि मंगलबार राती नै सचिव पोखरेलले विज्ञप्ति निकालेर खनाललाई काउन्टर दिएका हुन् ।

पार्टीले कोइरालालाई गरेको कारबाहीको समय सिमा सकिसकेको र तीन वर्षदेखि अविलचित रुपमा पार्टी संगठनमा रहेका कोइरालाप्रतिको आग्रहपूर्ण व्यवहारले साथीहरुमा नैराश्यता छाएको उनले बताएका छन् ।

चितवन कांग्रेसको जिल्ला कार्य समितिले २०७६ चैत ३ गतेको निर्णयले कोइरालालाई पूर्व जिल्ला सभापतिले सम्बोधन गरी कारबाही फुकुवा र क्रियाशिल सदस्यता नविकरण गर्न २०७६ चैत ६ गते केन्द्रिय समितिमा सिफारिस गरेको थियो । उक्त तथ्यलाई नजर अन्दाज गर्नु संस्थागत निर्णयको निरन्तरको अवमूल्यन ठहर्ने सचिव पोखरेलले बताएका छन् ।

पूर्व जिल्ला सभापति कोइरालाले आज (बुधबार) भेटघाट तथा चियापान कार्यक्रम राखेको सूचना पाएपछि जिल्ला सभापति खनालले हतार–हतारमा कोइराला बाहेकका पूर्व सभापतिको नाम समावेश गरी निर्वाचनलाई लक्षित गरी कुनै पनि किसिमको कार्यक्रम नगर्न निर्देशनसहितको विज्ञप्ति निकालेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>