चितवन विशेष

सौराहाको बछौली माविमा स्तम्भको शिलान्यास

Banner

चितवन, कात्तिक ५-

सौराहामा रहेको बछौली माविले धनधान्यान्चल ज्ञान महायज्ञको चन्दादाताहरुको नामावलीसहितको स्तम्भ निर्माण गर्ने भएको छ ।

विद्यालय व्यवस्थापन समितिले शनिबार एक औपचारिक समारोहकाबीच स्तम्भको शिलान्यास गरेको हो ।
रत्नननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले स्तम्भको शिलन्यास गर्नु भएको हो । मेयर सापकोटाले विधालयको शैक्षिकास्तर सुधारको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

स्तम्भ शिलान्यास समारोहमा रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपाने, वडा अध्यक्ष किरण महतो, कार्यपालिका सदस्य एवम् महिला वडा सदस्य बबिता चौधरी, पूर्वविधालय व्यवस्थापन समिति सदस्य लोकराज भुसाल, स्तम्भ निर्माण उपभोक्त समिति अध्यक्ष गणेश खतिवडा , विद्यालयका प्रधानाध्यापक शिवराम महरठ्ठा, संघसंस्थाका प्रतिनिधि, अभिभावक ,चन्दादाताहरुको सहभागिता रहेको थियो ।

करिब दुई लाख २५ हजार लागतमा तयार पारिने स्तम्भमा चन्दादाताहरुको नाम शिलालेखमा राखिने विधालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालले बताए ।

महायज्ञमा एक करोड ५५ लाख ९१ हजार आम्दानी र १८ लाख ८२ हजार रुपैयाँ खर्च भएको र बोलकबोल गरेको ५० लाख ८५ हजार रुपैयाँ उठ्न बाँकी रहेको खनालले बताए । महायज्ञको उद्देश्य अनुसार नै विधालयमा प्राविधिक शिक्षा र अंग्रेजी माध्यममा पढाइ सुरु भइसकेको छ । शिलान्यास कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष खनालको अध्यक्षतामा भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>