अन्तर्राष्ट्रिय

दुई पटक मतदान पछि इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

Banner

इराक, असोज २८

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन् । संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरेका थिए । नयाँ राष्ट्रपति चयनका लागि संसदमा दुई पटक मतदान भएको थियो ।

देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ । नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गरेका हुन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>