घटना -दुर्घटना

चट्याङ लागेर मकवानपुरमा एक जनाको ज्यान गयो

Banner

मकवानपुर, असोज ४-

मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जनाएको छ ।

घरमा बसिरहेको बेला चट्याङ लाग्दा उहाँको घटनास्थलमै ज्यान गएको हो । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>