अटो

भरतपुरमा भोलि प्रमोद खरेलसहितका कलाकारको प्रस्तुती, पल्सरको नयाँ मोडेल सार्वजनिक गरिने

Banner

चितवन, भदौ ३०–

चितवनको भरतपुरमा भोलि (शुक्रबार) साँझ चर्चित गायक प्रमोद खरेलसहितको कलाकारहरुको सांगीतिक प्रस्तुती हुने भएको छ ।

बजाज मोटरसाइकलको पल्सर एनएस १२५ बीएस ६ मोडेलको मोटरसाइकल सार्वजनिक गर्ने गरि सांगीतिक प्रस्तुत हुन लागेको हो ।

कार्यक्रममा गायक खरेलसंगै गायिका टिका प्रसाई र हास्य कलाकार सुमन कार्कीको प्रस्तुती रहने एनके मोटर्स भरतपुरका संचालक पदमराज कंडेलले जानकारी दिए । उनले नयाँ मोडेलको मोटरसाइकल क्षेत्रीय लन्चिङको रुपमा कार्यक्रम गरिएको बताए ।

नयाँ मोडेलको मोटरसाइकलको लन्चिङ मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ । चाडबाडको अवसरमा ‘आधाको आधा नै काफी छ’ भन्ने योजनासहित नयाँ मोडेलको बाइकको फाइनान्सको सुविधा समेत उपलब्ध गराइएको बजाज कम्पनीका क्षेत्रीय अधिकृत विजय सिंहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>