अन्तर्राष्ट्रिय

उत्तर कोरियाले आफ्नो देशलाई परमाणु हतियार सम्पन्न देश घोषणा गर्‍यो

Banner

काठमाडौं,भदौ २४-

उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न देश घोषणा गरेको छ । यसका लागि उत्तर कोरियाले एक कानुन पास गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएको खबरमा उल्लेख छ ।

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले यो घोषणामा कुनै परिवर्तन नहुने बताउनुभएको छ । उहाँले यसबारेमा कुनै पनि स्तरको वार्ताको सम्भावना नहुने पनि बताउनुभएको बीबीसीले जनाएको छ । यस कानुनका अनुसार उत्तर कोरियालाई आफ्नो रक्षाका लागि परमाणु हतियार प्रयोग गर्ने अधिकार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>