Breaking News

भरतपुर महानगरले अटो ल्यान्ड बनाउन जग्गा दिए म आवश्यक व्यवस्था गर्छु: मन्त्री श्रेष्ठ

Banner

चितवन, भदौ २३-

नेपाल सरकारका राज्य मन्त्री उमेश श्रेष्ठले भरतपुरमा अटो ल्यान्ड निर्माणका लागि जग्गा उपलब्ध गराउन भरतपुर महानगर समक्ष आग्रह गरेका छन् ।

भरतपुर महानगरले जग्गा उपलब्ध गराएको खण्डमा बाँकी आवश्यक ब्यवस्था मिलाउन प्रधानमन्त्रीको कार्यलयको तर्फबाट आफूले सहयोग गर्ने उनले दाबी गरेका हुन् ।

चितवन अटो मेकानिकल ब्यवसायी संघको रजत महोत्सव वर्ष समापन तथा २६ औ वार्षिकोत्सवमा आज नारायणगढमा मन्त्री श्रेष्ठले विश्वमा मेकानिक्सहरुको माग बढ्दै गएकोले भरतपुर क्षेत्रमा अटो ल्यान्डको अबधारणा अगाडि सार्न आवश्यक रहेको पनि प्रष्ट पारे ।

कार्यक्रममा मन्त्री श्रेष्ठले भरतपुरलाई अटोको क्षेत्रमा छुट्टै पहिचान बनाउन तिर लाग्न चितवनबासीसँग आग्रह गरे । यस्तै कार्यक्रममा भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले अटो ल्यान्ड निर्माणको प्रक्रिया अगाडि बढिरहेको बताएका छन् । अटो ल्यान्ड कहाँ र कुन क्षेत्रमा निर्माण गर्ने भनी त्यसको बाताबरणीय प्रभावको बारेमा अध्ययन र अनुसन्धान भइरहेको पनि बताए । प्राकृतिक , भौतिक, सामाजिक, सास्कृतिक र आर्थिक प्रभाव बारे भने थप छलफल गर्नुपर्ने उनको भनाइ छ । अटो ल्यान्ड निर्माण गर्ने सवालमा भरतपुर महानगर सकारात्मक रहेको भन्दै टोल, वडा देखि नै यसको बारेमा अध्ययन र अनुसन्धान हुन जरुरी छ कार्यबाहक नगर प्रमुख अधिकारीले भने । ‘महानगर अटो ल्यान्ड बनाउने सवालमा जस्तोसुकै सहयोग गर्न तयार छ, पहलका लागि संघ र प्रदेशमा जान परे पनि हामी तयार छौ’ कार्यबाहक नगर प्रमुख अधिकारीको भनाइ छ । महानगर भित्र रहेका अव्यवस्थित सरचना,पार्किङ ब्यबस्थापन, नारायणी नदी किनार सिबिच मोडेललगायतका थुप्रै कामहरु प्रक्रियामा रहेका छन् कार्यबाहक नगर प्रमुख अधिकारीले भने ।

नेपाल अटो मेकानिकल ब्यबसायी महासघका अध्यक्ष जनार्दन गैरेले नारायणगढमा निर्माण हुने भनिएको अटो ल्याण्ड तत्काल निर्माण हुनुपर्ने बताए । नारायणगढमा निर्माण हुने अटो ल्याण्ड निर्माणको प्रक्रियामा सबैलाई सहयोग गर्न पनि अनुरोध गरे । अटो ल्याण्ड निर्माण भएको अवस्थामा व्यवसायी तथा सेवाग्राही सबैलाई सहज हुने उनको तर्क थियोे । उनले एक शहर एक अटो ल्यान्डको अवधारणा ल्याइएको पनि बताए ।

समारोहमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले अटो मेकानिकल ब्यवसायी एक हुनु पर्नेमा जोड दिए । अबको २५ \३० वर्ष पछिको भरतपुर महानगरलाई अटोको क्षेत्रमा कस्तो बनाउने भनेर काम गर्न तिर लाग्न सम्पूर्ण अटो मेकानिकलहरुको ध्यानाकर्षण गराए । सभापति खनालले अटो ल्यान्ड निर्माणका लागि नेपाली कांग्रेस चितवन जुनसुकै सहयोग गर्न तयार रहेको पनि बताए । अटो ल्यान्डलाई जति सक्दो छिटो निकास दिन तर्फ लाग्नुपर्नेमा उनको जोड छ । सभापति खनालले चितवनमा मेकानिक्स सम्बन्धी अध्ययनको पनि ब्यबस्था मिलाउन नेपाल सरकार समक्ष अपिल गरे ।

समारोहमा विविध क्षेत्रमा सहयोग पु¥याएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियोे । त्यस्तै रजत महोत्सवको अवसरमा रजत स्मारिकाको पनि बिमोचन गरिएको थियोे । संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न संघ सस्थाका व्यावसायीहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>