चितवन विशेष

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा भट्टराईले दिए चितवन-२ बाट चुनाव लड्न आवेदन

Banner

चितवन, भदौं १८-

उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष डा तिलचन्द्र भट्टराईले चितवन-२ बाट संघीय सांसदमा चुनाव लड्न आवेदन दिएका छन् । मदन भण्डारी फाउन्डेसनका अध्यक्षसमेत रहेका डा भट्टराईले नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीमा उम्मेदवार बन्ने आकांक्षा राख्दै आज शनिबार आवेदन दिएका हुन् । भट्टराईसँगै एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवाली, चितवन–२ बाट हालका सांसद कृष्णभक्त पोखरेलले पनि आवेदन दिएका छन् ।

यस्तै संविधान सभा सदस्य शिवकुमारी गोतामे र कृषिविज्ञ डा कृष्ण पौडेलले उम्मेदवारको आकांक्षा व्यक्त गर्दै आवेदन दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>