धादिङ

माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुँदैनः मन्त्री चौधरी

Banner

धादिङ,भदौ १८-

एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन्। एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ। कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ। लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ। शान्ति, संविधान र लोकतन्त्रका निम्ति जीवन समर्पण गरेको नेता हो माधव नेपाल। त्यसकारण तपाईहरु ढुक्क हुनुस्, माधव नेपालले नेतृत्व गरेका पार्टी कहिल्लै कमजोर हुदैन।’

‘तपाईँहरुलाई माधव नेपालले किन विद्रोह गर्नुपर्‍यो,राजेन्द्र पाण्डे, गंगालाल तुलाधरले किन विद्रोह गर्नु पर्‍यो भन्ने पक्कै लागेको होला। अथवा हामीहरुले नयाँ पार्टी निर्माण किन गर्नु पर्‍यो भन्ने मुख्य कुरा हो। यदि हामीले विद्रोह नगरेको भए नेपालमा कम्युनिष्ट पार्टीको औचित्य समाप्त हुन्थ्यो। त्यत्रो ठूलो पार्टी बनाएर पनि हुँदोरहेनछ भन्ने जनतामा मनोविज्ञान निर्माण हुने थियो। अर्को कुरा कम्युनिष्टहरु तानाशाही हुन्छन्। संवैधानिक सर्वोच्चता मान्दैनन् भन्ने कुरा स्थापित हुन्थ्यो,उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>