Breaking News

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन १ बाट उम्मेदवार बन्न दिए आवेदन

Banner

चितवन,भदौ १७-

चितवन क्षेत्र नम्वर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभा सदस्यका लागि केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डे दावी पेश गरेका छन् । आज (शुक्रवार) एमाले क्षेत्रीय समन्वय कमिटिको भेलामा उपाध्यक्ष पाण्डेले उम्मेदवार वन्न निवेदन दिएका हुन् ।

यस क्षेत्रबाट तेश्रो कार्यकालका लागि प्रत्यक्ष निर्वाचनमा सहभागी हुन पाण्डेले उम्मेदवारी दिएका हुन् । वि.सं. २०७० र वि.सं. २०७४ को निर्वाचनमा पाण्डे यसै निर्वाचित भएका थिए । दुवै निर्वाचनमा उनले काँग्रेसका नेता राजेन्द्र प्रसाद बुर्लाकोटीलाई भारी मतान्तरले पराजित गरेका थिए । पुर्व अर्थमन्त्री समेत रहेका पाण्डे विकासप्रेमी नेताका रुपमा परिचित छन् । क्षेत्रिय समन्वय कमिटीले आवेदकको नाम जिल्ला मार्फत प्रदेशमा पठाउने छ । समानुपातिक सदस्यका लागि भने भदौ २० गते पार्टीको जिल्ला कार्यालयमा आवेदन दिन सकिने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>