अर्थ

नेपालको ऋण २० खर्ब नाघ्यो,एक वर्षमै तीन खर्ब ऋणको भार थपियो

Banner

काठमाडौं,भदौ १७-

नेपालको सार्वजनिक ऋणको आकार पनि निरन्तर उकालो लागिरहेको छ । गत एक वर्षमै करिब तीन खर्ब रुपियाँ ऋणको भार थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्षसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब रुपियाँ नाघेको छ, जसमध्ये बाह्य ऋण १० खर्ब २५ करोड रुपियाँ र आन्तरिक ऋण नौ खर्ब ८६ करोड रुपियाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८/७९ मा यो ऋण करिब तीन खर्ब रुपियाँले बढी हो । आव २०७७/७९ मा नेपालको सार्वजनिक ऋण १७ खर्ब ३७ अर्ब रुपियाँ थियो । ऋणको आकार बढ्दा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा पनि बढ्दै गएको छ । कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋणको हिस्सा ४१.४७ प्रतिशत पुगेको छ ।

यस्तो अनुपात अघिल्लो आर्थिक वर्ष ४०.७२ प्रतिशत मात्र थियो । सार्वजनिक ऋणको आकारलाई जनसङ्ख्यासँग तुलना गर्दा हरेक नेपालीको भागमा पर्ने ऋण करिब ६९ हजार रुपियाँ पुगेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>