चितवन विशेष
थारु कलाकार सभा चितवनको अध्यक्षमा पुनः सुरेश चौधरी

चितवन, भदौ १६–
थारु कलाकार सभा चितवनको अध्यक्षमा पुनः सुरेश चौधरी चयन भएका छन् । बिहीबार रत्ननगरमा भएको दोस्रो अधिवेशनबाट सुरेश चौधरीको अध्यक्षतामा १३ सदस्यीय नयाँकार्य समिति सर्वसम्मत चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा हिरा चौधरी, उपाध्यक्षमा मुस्कान चौधरी, सचिवमा रोहित सिंह चौधरी, कोषाध्यक्षमा प्रकाश चौधरी र सह सचिव नितेश चौधरीमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामप्रित महतो, देव महतो, फिलिप चौधरी, विश्व चौधरी, सोनुप चौधरी, मायारा चौधरी र धिरज चौधरी रहेका छन ।
अधिवेशनले विक्रम चौधरीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको छ । सो समितिको सदस्यहरुमा रविन चौधर र कृशला चौधरी रहेका छन ।
अधिवेशन थारु कल्याणकारीणी सभाका अध्यक्ष ललित चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा थारु पत्रकार संघ नेपाल, चितवनका अध्यक्ष दिपेश चौधरी, होटल ह्याप्पी होमका संचालक कृष्ण महतो, थारु महिला सभा चितवनका अध्यक्ष धन्जु महतो, सुकुल रेष्टुरेन्टका संचालक अजित खड्कालगाएतले मन्तव्य राखेका थिए ।
























