चितवन विशेष

श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न फोनिज चितवनको माग

Banner

चितवन, भदौ १७ –

देशभरका नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखाहरुले सत्य नारायणबहादुर श्रेष्ठलाई नेपालपत्रकार महासंघका संस्थापक अध्यक्ष कायम गराउनुपर्ने माग गरेका छन् ।

फोनिज चितवनले सोही माग गर्दै आज (बिहीबार) नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनमा ज्ञापनपत्र बुझाएको हो ।

अहिले महासंघको संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मान्दै आएको छ । विसं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद भट्टराई सभापति बनेका थिए । नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ रहेको फोनिजको दाबी छ । ‘विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले श्रेष्ठको नेतृत्वमा’ नेपाल पत्रकार संघ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठ कै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भएको थियो । जुन अहिले महासंघको रुपमा रहेको छ’, ज्ञापनपत्रमा उल्लेख छ ।’

ज्ञापनपत्र बुझाउने क्रममा फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले अकाट्य तथ्यलाई नजर अन्दाज गरिएको बताए । उनले भने, ‘नेपाल पत्रकार महासंघको संस्थापक सभापति श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, यसको नजर अन्दाज भएको छ । यसलाई छिटो भन्दा छिटो सच्चाइयोस् ।’

साथै राना मगरले तथ्यहरूले ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको योगदानको अपमान र श्रेष्ठको योगदानको अवमूल्यन भएको जीकिर गरे ।
ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले यो समस्या समाधान हुने आस्वाशन दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>