तनहुँ
तनहुँमा कर्मचारी बोकेको बस दुर्घटना
०

तनहुँ, भदौ १३-
पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दुर्घटना भएको छ । करिब ५ः५० बजेतिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ ।
घाइते भएकाहरूको उद्धार गरी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।
फाइल तस्विर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























