चितवन विशेष

भरतपुरमा कुमालहरुको तीज विशेष कार्यक्रम, तीज भड्किलो भएकोमा चिन्ता

Banner

चितवन, भदौ ९–

बागमती प्रदेश सांसद पार्वती सिलवालले महिलाहरुको माहान पर्व तीज भड्किलो हुँदै गएकोमा दुःख व्यक्त गरेकी छन् ।

नेपाल कुमाल समाज सुधार समिति जिल्ला कार्यसमिति चितवनले आज (बिहीबार) गरेको रमाइलो तीज कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘कोरोना संक्रमणका वर्षका तीजमा मौलिकता देखिएको थियो । जसै कोरोना कम भयो तीज चेली माइती भेट्ने दुःखसुःखका कुरा गर्ने भन्दा पनि उछृङ्खल टिकटक र गीत गाउने पर्वको रुपमा मनाउन थालिएको छ ।’ तीजको महिमा जोगाई राख्नका लागि सबल, बुझ्ने, शिक्षित महिलाहरु अग्रसर हुनुपर्ने उनले बताइन् ।

सांसद सिलवालले कुमाल समुदाय संंगठित रुपमा अघि बढ्न नसकको तर्फ पनि ध्यानाकर्षण गराइन् । संगठन बलिया नहुँदा कुमालको बाहुल्यता भएका ठाउँमा समेत कुमालको पहिचान गुम्दै गएको गुनासो गरिन् । उनले भनिन् ‘भरतपुर महानगर पालिका वडा नं. ११, २८ लगायतमा कुमाल समुदायको बाहुल्यता छ । तर यहाँका भूमिपुत्र भनिएका कुमाल समुदाय अन्यबाट दबिएका छन् । कुमालसहित हरेक जनजातिहरु सांगठनिक रुपमा एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’

सांसद सिलवालले भरतपुर–११ बोहोरा मार्गमा निर्माणाधिन अवस्थामा रहेको कुमाल संग्रालय भवनको बाँकी काम सक्नलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । फरक प्रसंगमा बोल्दै सिलवालले आउदै गरेको आसन्न निर्वाचनमा राम्रो र असल व्यक्तिलाई जिताउन आग्रह गरिन् । जनताको सही चुनावले नै भविष्य निमार्णमा सहयोग पुग्ने उनको भनाइ थियो ।

नेपाल कुमाल समाज सुधार समिति चितवनका अध्यक्ष ज्ञानबहादुर कुमालको अध्यक्षतामा भएको कार्यक्रममा महिलाहरुलाई अबका दिनमा दुःख पीडा, गारो, अफ्ठ्यारोेमा जुध्ने हौसला आवश्यक भन्ने हेतुले तीज कार्यक्रम आयोजना गरेको बताए । कुमाल समुदायका महिलाहरु पछि परिरहेको अवस्थमा यस्ता खालका कार्यक्रमले सशक्तिकरणमा टेवा पुग्ने विश्वास उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा कुमाल महिला समूह जिल्ला अध्यक्ष विष्णु माया कुमाल, कुमाल महिला दिदिबहिनी समूहका अध्यक्ष मनुमाया कुमाल, पूर्वसंविधान सभा सदस्य शारदा कुमाल, पार्वती कुमाल, समाजसेवी वीरबहादुर कुमाल, कुमाल सांस्कृतिक टोलीका अध्यक्ष कुलबहादुर कुमाल, कुमाल गुठी समाजका अध्यक्ष बाबुकृष्ण कुमाल, नेपाल कुमाल युवा समाजका अध्यक्ष कुष्ण कुमाल, भरतपुर ११ वडासदस्य सागर कुमाल, सञ्चारकर्मी लक्ष्मी कुमाल, संवाददाता प्रतिमा कुमाललगायतले तीजको शुभकामना सहित मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>