चितवन विशेष

चितवनमा भदौं ८ गते अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनको कन्सर्ट हुने

Banner

चितवन, भदौं १-

अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनले भदौं ८ गते भरतपुरमा कन्सर्ट दिने भएका छन् ।

पहिलो नेपाल कन्सर्टका लागि अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गन (दिवेश पोखरेल) आज काठमाडौं आइपुगेका हुन् । अपरान्ह त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न प्रशंसकहरुको भीड लागेको थियो ।

काठमाडौंमा जन्मिएका दिवेश सांगीतिक मञ्चमा चाहिं अर्थर गन नामले चर्चित छन् । विमानस्थलमा आउँदा उनी नेपाली ढाकाटोपीमा सजिएका थिए । उनीसहित उनको ब्यान्डका अन्य चार जना सदस्य पनि काठमाडौं आइपुगेका छन् ।

उनले भरतपुरसहित मुलुकका सात सहरका कन्सर्ट गर्दैछन् । भदौ ४ गते काठमाडौंमा, १० गते पोखरामा र १५ गते बुटवलमा कन्सर्ट हुँदैछ ।
आयोजक ब्रेन सर्भिसिङले उनको कन्सर्टको व्यवस्थापन हेरिरहेको छ । नेपाल बसाइमा उनले पर्यटन र संस्कृति प्रवद्र्धनका कार्यक्रममा समेत भाग लिने भएका छन् ।

हस्की स्वरले चर्चित उनलाई भव्य स्वागतसहित कलंकीस्थित घरमा लैजाने कार्यक्रम छ । सन् २०२० को अमेरिकी आइडलको संस्करणमा फस्ट रनरअप भएयता उनी पहिलोपटक नेपाल आइपुगेका हुन् । गत महिना उनले लण्डनमा कन्सर्ट गरिसकेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>