चितवन विशेष

गैँडाकोटका ६७ वर्षका वृद्धको मेहनत, घरमै बसेर मासिक दुई लाख आम्दानी

Banner

मोहन पोखरेल

चितवन, साउन २८

गैँडाकोट नगरपालिका–५ का कृष्णप्रसाद सापकोटा ५ बजे झिसमिसेमै बिस्ताराबाट उठ्छन । नुवाइधुवाइ गर्छन् र ६ः३० बजे तिर पूजापाठ गरिसक्छन् । ७ बजे तिर चियाखाएर आफ्नो गैँडाकोट–२ मा रहेको उद्योगतिर लाग्छन् । ‘दमेक ट्रेडर्स’ नामक आफ्नो उद्योगबाट उनले मासिक डेढ देखि दुई लाख रुपैयाँसम्म कमाउँछन् । घरबाट उद्योग पुग्नलाई लगभग १० मिनेट लाग्छ । साइकलमा हुर्रिदँै उद्योग पुगेपछि एकछिन उद्योगको वरिपरी घुम्छन् । त्यसपछि नजिकको चियापसलमा जान्छन् र चिया पिउँछन् । त्यति भइसकेपछि उनको उद्योगमा ग्राहकको ओइरो लाग्छन् । दिनभरी सामान बिक्री गर्न र नगद असुल्ने उनको दिनचर्या नै बनेको छ ।

‘दमेक ट्रेडर्स’ एउटा बाँसको सामाग्री तयार गर्ने उद्योग हो । बाँसका सग्ला घनाबाट बन्ने सबै घरेलु सामग्री उद्योगमा तयार गरिन्छ, साथै उधोग, सघंसस्था तथा अन्य सरकारी प्रयोजनका सामग्री अर्डर बमोजिम तयार गरिने र होम डेलिभरी समेत गरिने उधोग सञ्चालक सापकोटा बताउछन् । उनले भने, ‘हाम्रो उधोगमा धेरै नै अर्डर बमोजिमका सामानहरु तयार गर्दै डेलिभरी गर्छाै । डोका, भकारीदेखि बासका कुर्ची, टेबल, खाट, दराज, बाख्राको खोरलगायतका सम्पूर्ण सामग्री यहाँ उत्पादन हुने गर्छ ।’

उमेरले लगभग ७० पुग्नै लागेका यी वृद्धको परिश्रम र कमाइ देखेर गाँउघरका युवादेखि वृद्धवृद्धासम्मले प्रंशसा गर्ने गरेका छन् भने कतिपयले त डाहा गर्ने गुनासो उनले पोखेका छन् ।

सापकोटा भन्छन्, ‘हेनुहोस् परिश्रम नगरी खानपुग्दैन, मैले बिहानदेखि बेलुकासम्म खटेर काम गर्छु । मेरो कमाइ देखेर रिस डाहा गर्नेहरु थोरै होलान् तर प्रशंसा गर्नेहरु प्रशस्त छन । कृष्ण सापकोटाको बाँस उद्योगबाट एक महिनामा आठ ट्रक बाँस झर्ने गर्छ , यी सबै बाँस झापा , विराटनगर, सिमरा र बारा जिल्लाबाट मगाइन्छ । अर्डर बमोजिम बाँसका घना आउछन् र सोही बमोजिम सामानको मूल्य निर्धारण गरी भुक्तानी दिने प्रचलन रहेको छ ।’
उनले मगाउने एक ट्रक बाँसमा ८०० घना अट्ने गर्छ । एक घना बाँसको मूल्य २५० रुपैयाँ बराबर ८०० घनाको बराबर मूल्य सोही बमोजिम निर्धारण हुने र बिक्री मूल्य एक घना बराबर ३५० रुपैयाँ कायम गरिएकोले सोही बमोजिम नाफा हुने कुरा उनले खुसी साथ बताए । प्रति घना बराबर १०० रुपैयाँ नाफा हुने भएकाले ८०० घना बराबर ८० हजार नाफा निस्कने सापकोटाको भनाइ छ । यसरी सबै ढुवानी खर्च कटाइए पनि महिनामा कामदारलाई पारिश्रमिक दिएर पनि र चिया नास्ताको खर्च कटाएर पनि मासिक दुई लाख कमाइ हुन्छ सापकोटाले हसाउँदै भने । कृष्णप्रसाद सापकोटाले १४ वर्ष सम्म चामलको भात खाएनन् । पोहोर श्री पञ्चमीबाट बल्लतल्ल भात खान सुरु गरेका सापकोटा भातमा ६ महिना पनि टिकेनन् । पोहोर श्री पञ्चमीदेखि बिहान बेलुुका नै गहुँको रोटी, दालफ्राई, एक कप दूध, तेलमा तारेको आलु फ्राई जुवानोको झोल दुई चम्चा घिउ र रोटीको साथमा मौसम अनुसारको फलफूल खादैँ जीवन निर्वाह गरेको उनले सुनाए । उनले भने, ‘मैले कहिल्यै पनि जहान परिवारलाई यो मिठो भयो, यो भएन त्यो भएन भनेर दुःख दिइन । जे पाक्छ त्यही खाएर अहिलेसम्म चलाइराखेको छु ।’

सापकोटाको अत्यधिक चिया खाने बानी छ, एक दिनमा १० कपसम्म उनले चिया पिउँछन् । पसलमा चिया खान आउने कतिपय मान्छेको चियाको पैसा सापकाटाले तिर्छन् । दिनको १० कप मेरो र अरुको १० कपको पैसा तिर्दा चियाको मात्रै ४०० रुपैयाँ पुग्ने गरेको उनी बताउँछन् । गैँडाकोटका मानिसहरुको भनाइ छ, ‘कृष्ण सापकोटा साच्चैको परिश्रमी छन् र भलादमी मान्छे हुन् । आफू अघाउँदै अरुको सेवा गर्ने मान्छे हो ।’
कृष्ण सापकोटाले दमेक ट्रेडर्स खोलेको २० वर्ष जति भयो यसबीचमा धेरै पैसा कमाए । उनको एउटा छोरो पोर्चुगलमा र अर्को छोरो अरबमा छन् । बुहारीहरु पढेलेखेका छन् । कान्छो छोरो डिस लाइनमा काम गर्छ । उता छोराहरुको कमाइ र आफ्नो कमाइले मिठो मसिनो खान राम्रो सँग पुगेको उनले बताए । उनको गौरी गञ्जमा १ कट्ठा घडेरी र लाखौं बैँक ब्यालेन्स रहेको छिमेकीहरु सुनाउँछन् । सापकोटा भन्छन्, ‘म ७० वर्षको बुढोले घर छेउमा बाँस उधोग खोलेर महिनामा दुई लाख रुपैयाँ कमाउछु । मनमा आनन्द छ । अचेलका ठिटाहरु के के न हुन्छ भन्दै तछाडमछाड गर्दै विदेश जान्छन् । मुस्किलले महिनामा ५० हजार कमाउँछन् । उनले भने, ‘विदेश जानै पर्दैन, कमाउन जान्नेलाई यही छ विदेश ।’ सापकोटाले सरकारले उधोग, कलखाना फस्टाउने नीति नल्याएकोले हामीलाई परनिर्भर बनाएको बताए । उनले भने, ‘त्यसैकारण बाध्यता बस युवा विदेशिनु परेको हो । ३२ वर्षमा नभएको काम अब हुँदैन । यी सबै नेतालाई पाखा नलगाइकन देश बन्दैन ।’

सापकोटाले बाँसको उधोग खोल्दा एक पैसा पनि लगानी गर्नुपरेन । बाँस ल्याउने, झार्ने काम गर्न थाले मैले कमिसनमा काम गर्न थालेँ । उनले बिस्तारै हास्दै भने, ‘विस्तारै कमिसनले रामै्र आम्दानी गरायो । त्यसपछि कम्पनी दर्ता गरेँ । अहिले त एकलौटी किसिमबाट पैसाको ओइरो लागेको छ ।’

कृष्णप्रसाद सापकोटाको कम्तिमा ७५ लाखजति बजारमा उठ्न बाँकी रहेको छ । स नाइनास्ती गर्न नसक्ने स्वभाव भएकाले बक्यौता रहेको उनले बताए । विभिन्न बाधा व्यवधानका बाबजुद पनि सापकोटा आफ्नो व्यवसायमा अगाडि बढिरहेका छन् । उनका हरेक दिन ग्राहक दिनप्रति दिन थपिने क्र्रम जारी छ । ग्राहकको खुसी र सन्तुष्टीले झण्डै ७० वर्षको उमेरमा पनि उनको मनमा नयाँ आशा र उत्साह भरिरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>