काठमाडौँ

घटेको छैन वायु प्रदूषण, भरतपुर र काठमाडौं अझै ‘अस्वस्थकर’

Banner

चितवन, वैशाख २०-

देशका अधिकांश स्थानमा चैतयता उच्च बनेको वायु प्रदूषण अझै घटेको छैन । वातावरण विभागको पछिल्लो २४ घण्टाको सूचकांकमा काठमाडौं सबैभन्दा बढी प्रदूषित देखिएको छ ।

विभागका अनुसार, काठमाडौंमा बुधबार २४ घण्टाको औसत एक्यूआई १९५ थियो । सोही अवधिमा भरतपुरको एक्यूआई १८८ थियो । काठमाडौं, भरतपुर र पोखरामा वायु प्रदूषण बिहीबार पनि उच्च छ ।

वातावरण विभागको रेकर्डमा बिहीबार बिहान १०ः३० बजे ती क्षेत्रको एक्यूआई १६३ देखि १८५ सम्म छ । विश्व स्वास्थ्य संगठनका अनुसार, एक्यूआई १५० देखि २०० सम्म रहेको वायु ‘अस्वस्थकर’ र २०१ देखि ३०० सम्म भएमा ‘अति अस्वस्थकर’ हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>