अन्तर्राष्ट्रिय

प्यालेष्टाइनमा इजरायलले हवाई आक्रमण गर्दा ३१ जनाको मृत्यु

Banner

इजरायल, साउन २१-

इजरायलले प्यालेस्टाइनको गाजामा हवाई आक्रमण गरेको छ । गाजा स्ट्रीपमा भएको आक्रमणमा प्यालेस्टिनी लडाकु समूहका शीर्ष कमान्डरसहित १० जना जना मारिएका छन् ।

ज्यान गुमाउनेमा एक युवतीसमेत रहेकी छन् । केही घाइते भएका छन् ।

इजरायलका प्रधानमन्त्री याइर लापिङले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) बाट जोखिम देखिएपछि यो कारबाही गरेको बताउनुभएको बीबीसीले जनाएको छ । यसअघि पीआईजेका एक जना सदस्य पक्राउ परेका थिए ।

पीआईजेले इजरायलमा सयभन्दा धेरै रकेटहरु प्रहार गरेको थियो । साथै हवाई आक्रमणको जवाफ दिने प्यालेस्टाइनी विद्रोहीले चेतावनी दिएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>