चितवन विशेष
ब्लु वर्ड कन्सलटेन्सी संचालकले भनेः कसैलाई ठगी गरेको छैन्
०

चितवन, साउन २१–
ब्लु वर्ड कन्सलटेन्सीका संचालक नरेन्द्र कुवरले आफुले कुनै ठगी नगरेको दावी गरेका छन् ।
माल्टा लैजाने भन्दै चितवनका झण्डै दर्जन युवाको पैसा लिएर फरार भएको नारायणी अनलाइनमा समाचार प्रकाशन भएपछि उनले आफुले कसैलाई नठगेको र सबैको सम्पर्कमानै रहेको बताएका हुन् ।
उनले नारायणी अनलाईसंग भने मेरो चरित्र हत्या गर्ने उद्देश्यले आरोप लगाइएको हो । मैले पैसा लिएका अधिकांस विदेश गइसकेका छन् । केहि समयमा जान नमानेका कारण समस्या भएको हो । उनले कसैलाई लिन दिन पर्ने भएपनि आफु छलफलको लागि तयार रहेको बताएका छन् ।
९ जना पीडितले हिजो मात्रै चितवन प्रशासनमा पूनः उजुरी पेश गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























