अन्तर्राष्ट्रिय

अमेरिकी सभामुख ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले गर्‍यो ताइवान नजिक २ मिसाइल प्रक्षेपण

Banner

चीन, साउन १९-

सैन्य अभ्यास थालेको चीनले ताइवान नजिक २ मिसाइल प्रक्षेपण गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा रहेको ड्रिल जोनमा चिनियाँ मिसाइल चीनले प्रक्षेपण गरेको हो ।

यसैबीच चिनियाँ गतिविधिको नजिकबाट नियालेको ताइवान रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरेर आफूहरुले युद्ध नचाहेको जानकारी दिएको छ ।

त्यस्तै अमेरिकी सभामुख न्यान्सी पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । उनी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको हो । यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने बीबीसीले जनाएको छ र
यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>