अन्तर्राष्ट्रिय

कश्मीर मेगा फुटबल प्रतियोगिता समापन

Banner

श्रीनगर, साउन १८

भ्वाइस फर पिस एन्ड जस्टिस द्वारा आयोजित कश्मीर मेगा फुटबल प्रतियोगिता जेकेएससी खेल मैदान सेहपोरामा एफसी हाइडेरिया फुटबल क्लब विजेताको रूपमा समापन भयो।

आधिकारिक विज्ञप्ति अनुसार प्रतियोगितामा कश्मीरका ३२ टोलीले भाग लिएका थिए भने फाइनल खेल सदाम टाइगर्स र हैदरिया फुटबल क्लबबीच भएको थियो। प्रतियोगितामा दक्षिण अफ्रिका, नाइजेरिया र अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबल क्लबका खेलाडीहरुको सहभागिता रहेको उल्लेख छ ।

टोलीलाई डिभिजनल अफिसर स्पोर्ट्स, नुजातआरा, अन्तर्राष्ट्रिय फुटबलर मेहराजुद दिन वाडू, सामाजिक–राजनीतिक अभियन्ता साइम मुस्तफालगायतका ख्यातिप्राप्त व्यक्तित्वसँग परिचय गराइएको थियो ।

कार्यक्रममा बोल्दै, अन्तर्राष्ट्रिय फुटबल खेलाडी मेहराजुद दिन वाडूले विजयी टोलीलाई धन्यवाद दिए र कश्मीरका युवाहरूलाई खेलकुदमा संलग्न गराएकोमा भ्वाइस फर पिस एन्ड जस्टिसको प्रशंसा गरे।

भ्वाइस फर पिस एण्ड जस्टिसका महासचिव शेख मिन्हाजले जम्मु र कश्मीरमा युवाहरूको संलग्नताको लागि काम गर्न पाउँदा हामी सम्मानित छौं। हामी लागूपदार्थको खतराको उन्मूलन गर्न र हाम्रा बालबालिकाहरूलाई टाढाको बाटोबाट जोगाउन कटिबद्ध छौं भनी बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>