चितवन विशेष
चितवनमा तिव्र गतिमा फैलिदै कोरोना, आज एकै दिन थपिए १२ नयाँ संक्रमित
०

चितवन, साउन ६-
चितवनमा पछिल्लो समय तिव्र गतिमा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य कार्यालय चितवनले सार्वजनीक गरेको तथ्यांक अनुसार आज (शुक्रबार) मात्रै जिल्लाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ६३ जनाको पिसिआर र पाँच जनाको एन्टिजेन परीक्षण गर्दा भरतपुर महानगरपालिकाको ११ र कालिका नगरपालिकाको एक गरि १२ जनामा संक्रमण पुष्टि भएको तथ्यंकमा उल्लेख छ । यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ । जस मध्ये २४ जना होम आइसोलेसन र दुई भरतपुर अस्पतालको आइसोलेसनमा छन् ।
हालसम्म चितवनमा ३३ हजार ५९७ जनामा कोरोना पुष्टि भइसकेको छ भने ४४९ ले संक्रमणबाट ज्यान गुमाएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























