राजनीति

गठबन्धन कायम राख्दै वाम एकताको पहल गर्ने एकीकृत समाजवादीको निर्णय

Banner

काठमाडौं, साउन ३–

नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको मंगलबार बसेको सचिवालयको ३२ औं बैठकले वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको हो ।

बैठकले अन्य चार निर्णय गरेको छ । जसमा संगठन सुदृढीकरण अभियान अघि बढाउने, समाजवादबारे अवधारणा सम्बन्धी दस्तावेज तयार गर्ने र वर्तमान आर्थिक समस्याबारे एक प्रस्ताव तयार गर्ने निर्णय गरेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>