राजनीति

म अब कम्युनिष्ट पार्टीमा जान्नँः बाबुराम भट्टराई

Banner

काठमाडौं, साउन ३-

जनता समाजवादी पार्टीले कारबाही गरेका सांसद बाबुराम भट्टराईले अब आफू कुनै कम्युनिष्ट पार्टीमा नजाने बताएका छन्। मंगलबार संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै भट्टराईले समाजवादी केन्द्र निर्माण आफ्नो लक्ष्य भएको बताए।

मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेपछि धेरै उनी फेरि माओवादीमा फर्किन लागेका हुन् कि भन्ने अनुमान गरेका थिए। ‘म अब कम्युनिष्ट पार्टीमा जान्नँ,’ भट्टराईले भने,‘मेरो लक्ष्य समाजवादी केन्द्र बनाउने हो। त्यही शिलशिलामा आज प्रचण्डजीसँग कुरा भएको हो। सामान्य छलफल भयो।’

समाजवादी केन्द्र बनाउन आफूले प्रस्ताव गरेको र प्रचण्डले चुनाव पनि आउँदैछ के गर्ने भनेको उनले बताए। ‘उहाँहरू कम्युनिष्ट पार्टी छोड्न तयार हुनुहुन्न,’ भट्टराईले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>