राजनीति

लमजुङको स्थानीय तहमा २१ करोड रुपैयाँभन्दा बढी बेरुजु

Banner

लमजुङ, साउन ३-

लमजुङका आठ स्थानीय तहमा २१ करोडभन्दा बढी रकम बेरुजु देखिइको छ । आर्थिक वर्ष ०७७र७८ मा कार्यान्वयनमा रहेको सात अर्ब ३३ करोड ६० लाख १२ हजार रुपैयाँ बजेटको लेखा परीक्षण भएकोमा २१ करोड ६५ लाख १३ हजार रुपैयाँ बेरुजु देखाइएको हो ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकामा बेरुजु छ । मर्स्याङ्दी गाउँपालिकामा मात्रै पाँच दशमलव ३२ प्रतिशत रकम अर्थात् तीन करोड ८८ लाख ४७ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लामा सो बाहेक मध्यनेपाल नगरपालिकामा तीन दशमलव ६६ प्रतिशत रकम बेरुजु देखिएको छ । लेखा परीक्षण गरिएको रकममध्ये मध्यनेपालमा तीन करोड ७७ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको उल्लेख छ ।

यसैगरी राईनास नगरपालिकामा लेखा परीक्षण गरिएको कुल रकमको तीन दशमलव ३२ प्रतिशत बेरुजु देखिएको छ । राईनासमा मात्रै तीन करोड २७ लाख ६४ हजार रुपैया बेरुजु देखिएको हो । सुन्दरबजार नगरपालिकामा पनि लेखा परीक्षण गरेको रकमको तीन दशमलव २४ प्रतिशत अर्थात तीन करोड ७८ लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकामा भने दुई दशमलब ३३ प्रतिशत अर्थात दुई करोड ७० लाख ६४ हजार रुपैयाँ बेरुजु देखिएको छ भने दोर्दी गाउँपालिकामा एक दशमलव ९० प्रतिशत अर्थात दुई करोड २१ लाख ४३ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लाको क्होलासोँथार गाउँपालिकामा एक दशमलव ८७ प्रतिशत अर्थात एक करोड आठ लाख ४० हजार रुपैयाँ बेरुजु देखिएको छ भने जिल्लामै सबैभन्दा कम दुधपोखरी गाउँपालिकामा एक दशमलव ८० प्रतिशत अर्थात ९२ लाख ६८ हजार रुपैयाँ मात्रै बेरुजु भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । जिल्लाका स्थानीय तहमा अघिल्लो आर्थिक वर्षमा २४ करोड ७२ लाख ८६ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>