राजनीति

रवीन्द्र मिश्र फेरि काठमाडौं १ मा चुनाव लड्ने, संवैधानिक राजसंस्था मुख्य एजेन्डा

Banner

काठमाडौं, साउन ३-

विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ मा चुनाव लड्ने तयारीमा छन्। उनीनिकट स्रोतले दिएको जानकारीअनुसार मिश्र काठमाडौं १ मा संघीय निर्वाचन लड्ने तयारी गर्दैछन्। ‘उहाँले काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी दिनुहुन्छ,’ स्रोतले भन्यो, ‘पार्टीबाट वा स्वतन्त्र रूपमा उम्मेदवार हुने भन्ने अहिले यकिन भइसकेको छैन।’

मिश्र २०७४ मा पनि काठमाडौं क्षेत्र नम्बर १ मा उठेका थिए। उनी त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए। सिंहले १० हजार नौ सय ३६ मत ल्याएका थिए भने मिश्रले १० हजार एक सय १८ मत ल्याएका थिए।

मिश्रले ‘विचारभन्दा माथि देश’ पुस्तक ल्याउन लागेका छन्। उक्त पुस्तकमा मिश्रले राजसंस्थाका विषयबारे पनि केही कुरा उल्लेख गरेका छन्। उनले संवैधानिक राजसंस्था मुख्य एजेन्डा बनाउन लागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>