राजनीति
नारायणकाजीलाई ओलीले भनेः कांग्रेसको पुच्छर लाग्ने वामपन्थी हुँदैन, भए एमालेमै आउनुहोस्

काठमाडौं,असार ३२-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई संकेत गर्दै विचार नमिल्ने भएपछि त्यही पार्टीमा बस्नुपर्छ भन्ने नरहेको बताएका छन्। नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा बोल्दै सार्वजनिक मञ्चबाट नेता श्रेष्ठले ओलीलाई चुनावी तालमेलदेखि वाम एकतासम्मको प्रस्ताव राखेपछि उनले विचार नमिल्ने पार्टीमा बस्न नहुने टिप्पणी गरेका हुन्।
‘गठबन्धनमा रहेका पार्टीका नेताहरु कुरा राम्रो गर्नुहुन्छ। तर, गठबन्धन पश्चिमतिर हिँडेको छ। उहाँहरु पूर्व जाने कुरा गर्नुहुन्छ। कांग्रेस, माओवादी र जसपाभित्र पनि राम्रो मान्छे छानेर कार्यक्रममा ल्याएको रहेछ। तपाईहरुले विचार व्यक्त गरेर छाड्ने होइन। आफ्नो कुरा पार्टी र गठबन्धनमा पुर्याउनुपर्छ’ उनले भने, ‘विचार मिल्दैन भने त्यो पार्टीमा किन बस्नुहुन्छ तपाईँहरू ? विचार मिल्दैन भने पार्टी मिल्दैन। त्यसमै किन अल्झिरहनुभएको छ ?’
उनले राष्ट्रियता र सदाचारको प्रशंगमा सबै पार्टीहरू मिल्नुपर्ने बताए। नेपालमा वामपन्थी भए कांग्रेस र गठबन्धन छोड्नुपर्ने बताए।


























