राजनीति

ओलीलाई नारायणकाजीको प्रस्तावः वाम एकता नभए पनि चुनावी तालमेल गरौँ

Banner

काठमाडौं,असार ३२-

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनावी तालमेल गर्न प्रस्ताव गरेका छन्। नेपाल चीन मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा बोल्दै सार्वजनिक मञ्चबाट नेता श्रेष्ठले ओलीलाई चुनावी तालमेलदेखि वाम एकतासम्मको प्रस्ताव राखेका हुन्।

उनले भने, ‘वामपन्थी शक्ति दुई तिहाइ भन्दा बढी छन्। अहिले विभाजन नहुने हो भने हामी वामपन्थी एक अर्कालाई सिध्याउन लाग्दा सबै सिद्धिन गइरहेका छौँ, वामपन्थी आन्दोलन सकिएपछि नेपालको राष्ट्रियता संकटमा पर्छ। कमसेकम तालमेल मोर्चा र अर्को दिशातर्फ जानु आवश्यक छैन।’ उनले अहिले सबैले आत्मसमीक्षा गरेर वाम आन्दोलनको रक्षा गर्नुपर्ने बताए। उनले नेकपाको एकता जोगाउन नसकेकोप्रति आत्मालोचना समेत गरे।

‘कमरेड केपी ओली यहीँ हुनुहुन्छ। अरु नेताहरु बाहिर हुनुहुन्छ। सबैसँग विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, तुम शेर तो हम सवा शेर भन्ने छाडौँ। घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौँ’ उनले भने, ‘पछि हुने समीक्षा पछि नै गरौँ। म आत्मालोचना गर्छु पार्टी एकता जोगिएन। प्रतिनिधिसभा विघटनमा के भयो ? १९ बुँदे आरोप पत्रमा के भएको हो ? क-कसको के भूमिका थियो, समीक्षा गरौँला। अहिले एकता नहोला तालमेल गरेर जाऔँ। त्यसो नभए कम्युनिष्टहरू आफैँ सिद्धिन्छन्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>