राजनीति

गाँजा वैधानिकता नदिएको भन्दै नेपाल गाँजा पार्टी गठन गर्ने तयारी

Banner

काठमाडौं,असार ३१-

सम्भवत अर्को साता निर्वाचन आयोगमा नयाँ दल नेपाल गाँजा पार्टी दर्ता गर्ने गरी तयारी थालिएको छ । हाल यो दलका लागि पार्टीको विधान लेख्ने काम भइरहेको नेपाल गाँजा वैधानिक महाअभियानका राष्ट्रिय संयोजक जोसेफ मदन कोइरालाले जानकारी दिए ।

नेपाल सरकारले गाँजालाई वैधानिकता नदिएका कारण नयाँ दल खोल्न बाध्य भएको संयोजक कोइरालाले जानकारी दिए । पाटीको लागि २१ जना कार्यसमिति तयार रहेको र राजनीतिक बुझेको, नेतृत्व गर्ने क्षमता भएको अध्यक्षको खोजी भइरहेको उनले बताए ।

कोइरालाले भने– ‘अर्को हप्ता पार्टी दर्ता गर्ने योजना बनाएर काम गरिरहेका छौँ । पार्टीको विधान लेख्ने काम भइरहेको छ । २१ जनाको कार्यसमिति पनि तयार पारेका छौँ तर संयोजक वा अध्यक्ष तोक्ने काम भएको छैन । हामी राजनीति पृष्ठभूमिको व्यक्ति नभएको हुनाले राजनीति बुझेको र सबैलाई मिलाएर नेतृत्व गर्न सक्ने पार्टीको प्रथम व्यक्तिको खोजी गरिरहेका छौँ । गाँजाबारे बुझेको र सक्षम ब्यक्ति भेटिने वित्तिकै अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने योजनामा छौँ ।’ नेपाल गाँजा वैधानिक महाअभियान अन्तर्गत सामाजिक सञ्जालमा ५ लाख सदस्य रहेको र ५० हजार जुनसुकै बेला सम्पर्कमा रहने सदस्यहरु रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>