अन्तर्राष्ट्रिय

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी श्रीमती इभानाको निधन

Banner

काठमाडौं असार ३१-

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी जेठी पत्नी तथा उनका तीन सन्तानकी आमा इभाना ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको छ । ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा उनको सम्झनामा सन्देश लेखेका छन् ।

उनले लेखेका छन्, ‘उनी एक शानदार महिला थिइन्, सुन्दर र अद्भुत..जसले उत्कृष्ट र प्रेरणादायी जीवन बिताइन् ।’ इभाना ट्रम्पको जन्म चेक रिपब्लिकमा भएको थियो र उनले सन् १९७७ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् । तर, १५ वर्ष सँगै बसेपछि सन् १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>