चितवन विशेष

रत्ननगरको लाइसियम इको क्लबद्वारा विरुवा वितरण

Banner

चितवन, असार ३०-

रत्ननगर नगरपालिका–१ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले वातावरण संरक्षण र प्रदूषण नियन्त्रणका लागि विद्यार्थीहरुलाई विभिन्न जातका २१० थान विरुवा वितरण गरेको छ ।

विद्यालयको इको क्लबको पहल र डिभिजन वन कार्यालय चितवनको सहयोगमा प्राप्त विरुवालाई विद्यालयका प्रधानाध्यापक शंकर पौडेल, बाल क्लबका अध्यक्ष इशान थापा मगर र ईको क्लबका अध्यक्ष रचना महतोले आज विद्यालयमा हस्तान्तरण गरेका हुन् ।

विद्यालयले यसै वर्षदेखि सञ्चालन गरेको ‘मेरो जन्मदिनमा वातावरण संरक्षण’ कार्यक्रम मार्फत् कक्षा ४ देखि १० सम्मका विद्यार्थी, शिक्षक र कर्मचारीलाई आफ्नो जन्मदिनको दिन कम्तिमा एक बोट वृक्षरोपण गर्ने कार्यमा शिक्षक कर्मचारी र विद्यार्थीलाई उत्प्रेरित गर्दै आइरहेको छ । यस पटक विद्यार्थीहरुले घर—घरमा लगाउने र हुर्काउने गरी एक—एक थान विरुवा हस्तान्तरण गरेको विद्यालयले जनाएको छ । उक्त अवसरमा विद्यालयको अनुरोधलाई सहस्र स्वीकार गरी विरुवा उपलब्ध गराएकोमा डिभिजन वन कार्यालय भरतपुरप्रति हार्दिक आभार प्रकट गर्दै विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले विश्वमा बढ्दै गएको तापक्रम र वातावरण प्रदूषण, सो बाट प्राणी वर्गमा पर्न गएको असर, उक्त असर कमगर्न बोट विरुवाको महत्व र प्रत्येक व्यक्तिको भूमिकाका सम्बन्धमा प्रकाश पारेका थिए । सोही अवसरमा विद्यालयको बाल क्लबका अध्यक्ष इशान थापा मगरले जमिन हुनेले घर वरपरको जमिनमा र नहुनेले पनि गमला तथा बोरामा रोपेर भए पनि विरुवा हुर्काउन सम्पूर्ण विद्यार्थीलाई अनुरोध गर्दै विरुवा वितरण गरी वातावरण संरक्षणको विद्यार्थीलाई एउटा अंग बनाई दिएकोमा आभार प्रकट गरे ।

इको क्लबका अध्यक्ष तथा कक्षा ९ की छात्रा रचना महतोको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा अध्यक्ष महतोले आफ्नो वरपरको वातावरण फोहोर हुन नदिने र वातावरण संरक्षणका लागि आफूलगायत विद्यालयका सम्पूर्ण विद्यार्थीहरु तन, मन र वचनले लाग्ने बचनबद्धता प्रकट गर्दै विद्यार्थीहरुले प्राप्त गरेका विरुवाको संरक्षण र सम्बद्र्धन हुने प्रतिबद्धता व्यक्त गरिन् । उनले आगामी दिनमा पनि सरसफाई र हरियाली प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>