राजनीति

राजनीतिमा बिग्रिएको मेन स्विच अफ गर्न सजिलो छैनः रवि लामिछाने

Banner

झापा,असार ३०-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिमा बिग्रिएको मेन स्विच अफ गर्न सजिलो नभएको बताएका छन्। बिहीबार झापाको बिर्तामोडमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन्।

‘बिग्रिएको राजनीतिको मेन स्विच अफ गर्न सजिलो छैन,’ लामिछानेले भने, ‘त्यसलाई रोक्न खोज्दा बाधा अवरोध आउनेछन्, यसपटकको निर्वाचनमा राजनीतिक दललाई सुध्रने मौका दिने जिम्मा हाम्रो काँधमा आएको छ।’ भ्रातृ संगठनमा बसेर लाभ लिन बसेकाहरुलाई आफ्नो पार्टीमा नलाग्न समेत उनले आग्रह गरे।

‘तपाईंलाई लाभ लिनका लागि यो पार्टी खडा भएको होइन्,’ लामिछानेले भने, ‘यो पार्टी जनताले लाभ लिनका लागि बनेको हो।’ देशभरका हरेक विद्यालयलाई अन्तर्राष्ट्रियस्तरको कक्षाकोठासहितको बनाउन सकिने भन्दै यो कुनै भोट पाउन नभनेको लामिछानेले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>