राजनीति
र्याप गायक यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्यः विष्णु पौडेल
०

काठमाडौं,असार ३०-
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्याप गायक यमबुद्धको शालिक बनाउने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताउनु भएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले लेख्नु भएको छः ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम बुद्धको प्रतिमा (शालिक) निर्माण गर्ने काठमाण्डौ महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।’
महानगरपालिकाले यमबुद्धको शालिक बनाउन बजेट छुट्याएको समाचार सार्वजनिक भए लगत्तै आलोचना भएको थियो । आलोचना पछि मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट शालिक बनाउने घोषणा गर्नुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























