राजनीति

पार्टीमा काम गर्न नदिने हो भने फेरि तेस्रोपटक सभापति बन्छुः देउवा

Banner

काठमाडौं,असार २९-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई काम गर्न नदिइएको खण्डमा फेरि तेस्रोपटक पार्टी सभापति हुने बताएका छन् ।बुधबार केन्द्रीय समिति बैठकमा डा.शेखर कोइराला पक्षले आफूविरुद्ध भेला गरेपछि सभापति देउवाले आफूलाई काम गर्न नदिइएको खण्डमा फेरि पार्टी सभापति बन्ने बताए ।

उनले भने, ‘‘तपाईँहरुले मलाई काम गर्न दिनु भएन भने पार्टीको विधान संशोधन गरेर मैले तेस्रो पटक सभापति उठ्नुपर्ने अवस्था आउन सक्छ ।’ प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कोइराला पक्षले पार्टी प्यालेसमा आफूविरुद्ध भेला गरकोमा रोससमेत प्रकट गरेका छन् । साथै, आफूविरुद्ध यसरी नै भेला गरिएको खण्डमा सभापति हुने उनको आशय थियो ।

सभापति देउवाले आगामी प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीलाई पहिलो बनाएर योग्य मान्छेलाई पार्टी जिम्मा लगाउन चाहेको पनि बताएका छन् । साथै, चुनावमा गठबन्धन नगरी चुनाव नजितिने पनि उनले ठोकुवा गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>