Breaking News

देउवालाई प्रकाशमानको प्रश्नः यसरी सरकार चलाए निर्वाचनमा जादा समस्या हुन्छ

Banner

काठमाडौं, असार २९-

सानेपामा तीन दिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

यसैक्रममा केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्  ।

प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उनले सरकारले देखिने गरी काम नगरेको टिप्पणी गरे । जनताले सरकारबाट केही नपाएको भन्दै नेता सिंहले यस्तै पाराले निर्वाचनमा जाँदा गा¥हो हुने चेतावनी दिए । ‘सरकार गतिशील भएन, यसरी सरकार चलाएर भएन । एकपछि अर्को गल्ती भइरहेको छ । देखिने काम गर्नुप¥यो । जनताले सरकारबाट के पाए ? यसले निर्वाचनमा जाँदा गाह्रो हुन्छ । स्थानीय तहको चुनावमा पनि राम्रो भएन ‘, उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>