राजनीति
बाबुरामको बैठकमा महेन्द्र राय, उपेन्द्रको बैठकमा अशोक राईदेखि राजेन्द्र श्रेष्ठसम्म
०

काठमाडौं, असार २९-
विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को काठमाडौं र बिरगञ्जमा जारी बैठकमार्फत नेताहरूले आ-आफनो कित्ताकाट गरेका छन् ।
संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा बोलाएको केन्द्रीय समिति बैठक र अध्यक्ष उपेन्द्र यादवले बिरगञ्जमा बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमार्फत आ-आफनो कित्ताकाट गरेका हुन् ।
भट्टराईले बोलाएको बैठकमा हिसिला यमी, महेन्द्र राय यादव र रामनरेश यादव उपस्थित छन् भने यादवले बोलाएको बैठकमा अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राय यादव, मृगेन्द्रकुमार सिंहलगायत बहुमत केन्द्रीय कार्यसमितिका सदस्य उपस्थीत छन् । दुबैको बैठक जारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























